पथरी शनिश्चरे ४ स्थित धानखेतबाट प्रहरीले लागुऔषध बरामद गरेको छ ।
बेवारिसे अवस्थामा रहेको प्रतिबन्धित र नियन्त्रित औषधी बरामद गरेको हो
मोरङ इलाका प्रहरी कार्यालय पथरी र प्रहरी चौकी किर्तिपुरको टोलीले बरामद गरेको थियो ।
मंसिर ४ गते बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरी र प्रहरी चौकी किर्तिपुरबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे–४ स्थित धान खेतमा परालले छोपेर राखेको बेबारिसे अवस्थाको प्रतिबन्धित औषधी ट्रामाडोल ४९६० ट्याव्लेट र नियन्त्रित औषधी रेसिस्पास ४९५० ट्याब्लेट बरामद गरेको प्रहरीले जानकारी दिएको छ । उक्त औषधी बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्तिको खोज तलास भईरहेको छ ।

तपाईको प्रतिक्रिया