पथरी । प्याब्सनले विभिन्न बिधामा सम्मान तथा पुरस्कार वितरण गर्दै दोस्रो परिषद् भेला सम्पन्न गरेको छ ।
आज पौष १८ गते शुक्रवार पथरी शनिश्चरे १ स्थित श्री भू. पू. सैनिक अङ्ग्रेजी स्कुलको सभा हलमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरी शनिश्चरे नगर कार्यसमितिको दोस्रो परिषद भेला सम्पन्न भएको हो ।
उक्त भेलामा एभरेष्ट अङ्ग्रेजी बोडिङ स्कुल पथरी शनिश्चरे १ का छात्रा गत आर्थिक वर्ष २०८१/०८२ कक्षा ८ को परिक्षामा ४ जिपिए ल्याउने लादिप्मा थुलुङ राई, कक्षा १२ को परिक्षामा सहभागि भई समान ३.९६ अंङक प्राप्त गर्ने रेड स्टार अङ्ग्रेजी बोडिङ स्कुल पथरी शनिश्चरे २ का छात्रद्वय चन्दन शाह र प्रवीण कट्टेललाई जनही दुई हजार रुपैयाँ नगद पुरस्कार प्रमाणपत्रले सम्मान गरेको थियो ।
यस्तैगरि शिक्षक दीर्घ सेवा सम्मानबाट मोरङ मेरिगोल्ड अङ्ग्रेजी स्कुल पथरी शनिश्चरे ९ मा कार्यरत शिक्षक चन्द्र सुनार विश्वकर्मा (२०५४) र एभरेष्ट अङ्ग्रेजी बोडिङ स्कुल पथरी शनिश्चरे १ मा कार्यरत सवारी चालक तीर्थ तामाङ (२०६३) नगद जनही २ हजार र सम्मान पत्रले सम्मानित हुनु भयो ।
विद्यालय सम्मान कार्यक्रम तर्फ जिल्ला स्तरीय चित्रकला प्रतियोगिता २०८२ मा सहभागी भई जुनियर तर्फ तृतीय हुने पथरी शनिश्चरे ९ का ब्राइट करियर पब्लिक इङ्लिस स्कुल, जिल्ला स्तरीय चित्रकला प्रतियोगिता २०८२ मा सहभागी भई दोस्रो र जिल्ला स्तरीय लोक नृत्य प्रतियोगितामा जुनियर तर्फ तृतीय हुने ग्रेट ग्रेस अङ्ग्रेजी बोडिङ स्कुल पथरी शनिश्चरे ४ लाई पुरस्कार प्रदान गरिएको थियो ।
जिल्ला स्तरीय लोक नृत्य प्रतियोगितामा सिनिय तर्फ प्रथम हुन सफल मोरङ मेरिगोल्ड अङ्ग्रेजी स्कुल, जिल्ला स्तरीय लोक नृत्य प्रतियोगितामा सिनिय तर्फ तृतीय २०८२, जिल्ला स्तरीय भलिबल छात्रा कक्षा ११, १२ तर्फ दोस्रो २०८२ र जिल्ला स्तरीय लोक नृत्य प्रतियोगितामा सिनिय तर्फ सान्त्वना २०८१ भएका रेड स्टार अङ्ग्रेजी बोडिङ स्कुल पथरी शनिश्चरे २ उक्त परिषद् भेलामा सम्मानित भए ।
यस्तै जिल्ला स्तरीय लोक नृत्य प्रतियोगितामा सिनियर तर्फ दोस्रो सहित ८ वटा विधामा सहभागिता जनाएर पुरस्कार प्राप्त गर्न सफल एभरेष्ट अङ्ग्रेजी बोडिङ स्कुल पथरी शनिश्चरे १ लाई सम्मान गरियो ।
आधारभूत तह स्तरमा सञ्चालन भइरहेको कञ्चनजंघा बोडिङ स्कुल पथरी शनिश्चरे ६, हसन्दह डन बस्को, बोडिङ स्कुल पथरी शनिश्चरे ६ र ब्राइट करियर पब्लिक इङ्िलस बोडिङ स्कुल पथरी शनिश्चरे ९ सम्मानित भए ।
संस्थागत तथा ब्याक्तीगत पुरस्कार र सम्मान पत्र कार्यक्रमका अध्यक्ष सन्तोष बस्नेत सहित विशिष्ट अतिथि तथा अतिथिहले प्रदान गर्नु भएको थियो ।
सोही परिषद भेलामा प्याब्सनका पथरी शनिश्चरे नगर सचिव सुजन बास्तोलाले वार्षिक सांगठानिक प्रतिवेदन एवम् २०८२/०८३ को प्रस्तावित कार्यक्रमहरू प्रस्तुत गर्नु भयो भने कोषाध्यक्ष रविन कन्दङवाले आर्थिक प्रतिवेदन पेस गर्नु भएको थियो ।
उक्त कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका कार्यालयका युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख नवीन खुलाल बुढाथोकी, प्याब्सनको मोरङ जिल्ला अध्यक्ष जगत बहादुर बस्नेत, प्याब्सन मोरङका पूर्व अध्यक्ष अर्जुन बस्नेत हिसान मोरङका वरिष्ठ उपाध्यक्ष टेकनाथ तिम्सिना, प्याब्सन पथरी शनिश्चरे नगरका प्रमुख सल्लाहकार सुरेन्द्र लिम्बू, सल्लाहकारहरू, टिका प्रसाद दंगाल, उपेन्द्र कँडेल, नोवल किशोर खनाल, सहितको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया