पथरी । नोबेल मेडिकल कलेज र कामठमाण्डौं मेडिकल कलेजमा विपन्न नागरिकका लागि प्रदान गरिँदै आएको छुट देखी निःशुल्क उपचार सेवा निरन्तर रहने डा. सुनिल कुमार शर्माले जानकारी दिनु भएको छ । 
हाल बजारमा विभिन्न किसिमका हल्ला तथा भ्रम फैलाइएको विषयप्रति ध्यानाकर्षण भएको बताउँदै सेवा निरन्तर रहने जानकारी दिनु भएको हो । 
डा. शर्मा सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुँदै नागरिकहरूको सेवा र सहयोगका विविध कार्यहरू निरन्तर रूपमा हुँदै आएको उल्लेख छ । 
चुनावमा हार वा जित हुनु र सामाजिक सेवा तथा सत्कर्मबिच कुनै सम्बन्ध हुँदैन, न त कहिल्यै थियो, । समाज र राष्ट्रप्रतिको हाम्रो दायित्वलाई आत्मसात् गर्दै यस्ता सेवा तथा सहयोगका कार्यहरू हामीले आगामी दिनहरूमा पनि देशभर निरन्तर रूपमा जारी राख्नेछौँ भन्ने कुरा सम्मानपूर्वक जानकारी गराउन चाहन्छु, डा. शर्मा लेख्नुहुन्छ ।

तपाईको प्रतिक्रिया