
पथरी आफ्नो जन्मदिनको अवसरमा नोवल किशोर खनालले पथरी शनिश्चरे नगरापालिका वडा न. ७ मा रहेको चन्द्र किरातेश्वर मावि लाई प्रोजेक्टर हस्तानतरण गर्नु भएको छ ।
वाल्मीकि मेमोरियल सेकेन्डरी बोडिङ स्कुल/तथा अन्नपूर्ण बोडिङ स्कुल ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका खनालले आज प्रोजेक्टर हस्तानतरण गर्नु भएको हो ।
बिभिन्न समयमा सामुदायिक विद्यालयलाई सहयोग गर्दै आइरहनु भएको वहाँले जन्मदिनमा गरिने अन्य खर्च कटाएर सानो सहयोग गरेको बताउनु भएको छ ।
विद्यालयका प्रधानाध्यपक हर्कराज जिमीले दोसल्ला ओढाएर जन्मदिनको शुभकामना दिंदै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रममा विब्यस अध्यक्ष तथा वडा न. ७ का वडा अध्यक्ष उद्धवराज बस्नेत, पूर्व विब्यस अध्यक्ष कासीहाङ राई, शिक्षक अभिभावक संघका अध्यक्ष देविप्रसाद भेटवाल, सोही विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी र स्थानियहरु उपस्थिती रहेको थियो ।





