
पथरी शनिश्चरे नगरपालिका ४ स्थित सुपर्व मोडेल इङ्लिस स्कुलले आफ्नो २३ औँ स्थापना तथा अभिभावक दिवस मनाएको छ ।
आज विद्यार्थीहरूलाई विभिन्न विधामा पुरस्कार वितरण, साङगितक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आफ्नो स्थापना तथा अभिभावक दिवस मनाएको हो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले नृत्य, गायन तथा विभिन्न प्रस्तुति दिएर कार्यक्रमलाई भव्य रूपमा सफल बनाएका थिए ।
हामी लेख्छौ, हामी पड्छौँ, चाइने जो जिन्दगी, चोली राम्रो, पानी मुनी माछा, यो छोरीको रुपै राम्रो लगायत एक दर्जन बढी गीतमा नृत्य गरेर मनोरञ्जन दिए ।
विद्यालय बाहिरको विभिन्न कार्यक्रममा सहभागी भई पुरस्कार प्राप्त गर्ने प्रिन्स मगर, एन्जल लिम्बू, अभिषेक खडका, सिसिर खडका, निर्वाना अधिकारी, अनीश मगरलाई विशेष पुरस्कार तथा सम्मान विधाबाट सम्मानित तथा पुरस्कृत गरिएको थियो ।
कक्षा नर्सरीका प्रथम द्धितिय र तृतीय क्रमशः काव्य गुप्ता, सस्तीका बिस्ट, सक्षम भट्टराई, कक्षा एलकेजीका मिकफुङ लिम्बु, सभ्यता अधिकारी, र सियाङमा राई कक्षा युकेजीका मनयाता घिमिरे, स्पीका लिम्बु, माविहाङ लिम्बु, कक्षा १ का रिदम मल्ल, राज मण्डल, र दिप्सन राई कक्षा २ का कुसुम मण्डल, कुन्साङ लिम्बु, लायुन पौडेल कक्षा ३ का दीपा खत्री, क्रीसु प्रसाईँ र अंकिता भट्टराईलाई पुरस्कृत गरिएको थियो ।
यस्तै कक्षा ४ अस्लीङ लिम्बू, अमोस खड्का, सफल बस्नेत, कक्षा ५ का स्वार्णिमजंग बस्नेत, निर्भाना अधिकारी र प्रवेश धिमाल कक्षा का निनाम्मा राई, प्रिन्सा राई दीपिका बि.क. कक्षा ७ का अभिषेक खड्का, एन्जल चेम्जोङ र समीक्षा बिस्ट कक्षा ८ का मौसम पुर्कुटी, आइतराज लिम्बू मिजल गौतमलाई पुरस्कार प्रदान गरिएको थियो ।
अनुशासित विद्यार्थी विधाबाट कक्षा १ की पार्वता बिस्ट, कक्षा २ की जेसिका मण्डल कक्षा ३ की बिनिसा लिम्बू र रियान्सा राई कक्षा ४ सेमी लिम्बू, कक्षा ५ को गरिमा श्रेष्ठलाई पुरस्कृत भए ।
सरसफाइ विधाबाट कक्षा १ का माविहाङ लिम्बू, कक्षा २ का अभ्यास बि.क., कक्षा ३ की निसुम लिम्बू, कक्षा की लिया धिमाल, कक्षा ५ की निवा लिम्बू पनि पुरस्कृत भए ।
निरन्तर विद्यालय उपस्थित हुने विद्यार्थीहरू कक्षा १ का आरोही पाण्डे, कक्षा २ का अनीश श्रेष्ठ, कक्षा ३ का आरोन लिम्बू, कक्षा ४ की दीपा खत्री, कक्षा ५ की प्रजु खडका कक्षा ६ का सेसेहाङ लिम्बू र टिमोथी सुवेदी, कक्षा ७ की दिया खड्गी ८ की समीक्षा बिस्टलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।
पथरी शनिश्चरे नगरपालिका वडा न. ७ की वडा सदस्य सपना राई अतिथि रहनु भएको कार्यक्रममा विद्यालयको संस्थापक प्रिन्सिपल सन्तोष बस्नेतको अध्यक्षतामा भएको थियो भने शिक्षक सुमन पौडेलले सञ्चालन गर्नु भएको थियो





