पथरी । ज्योति विकास वाल संरक्षण स्कुल पथरी शनिश्चरे नगरपालिका वाड न. ३ ले अभिभावक दिवस तथा वार्षिक उत्सव कार्यक्रम २०८२ मनाएको छ ।
विद्यार्थी तथा अभिभावकले साङगितक तथा खेलकुद कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गर्दै अभिभावक दिवस तथा वार्षिक उत्सव कार्यक्रम मनाएको हो ।
विद्यार्थीहरूले यो नेपाली शिर उचाली, लाग्दछ मलाई रमाइलो, जुन त लाग्यो ताराले लगायत दर्जन बढी गीतमा नृत्य गरेर  अभिभावकको मन जितेका थिए ।
अभिभावकले भूइसोरी ढोगे है भन्ने गीतमा नृत्य गरेर सबैलाई मन्त्रमुग्ध बनाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिका वडा न. ३ का वडा अध्यक्ष विजय लिम्बूले विद्यालयले शैक्षिक क्षेत्रमा पुराएको योगदानको प्रशंसा गर्नु भयो ।
विद्यालयले २ दिवसीय कार्यक्रम गरिएको विद्यालयका प्रिन्सिपल यादव गौतमले बताउनु भयो ।
विद्यार्थीहरूलाई पुरस्कार वितरण, छात्रवृत्ति कार्यक्रम समापन गरिएको विद्यालयकी व्यवस्थापक सावित्री गौतमले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया