पथरी । अन्नपूर्ण माध्यमिक विद्यालय पथरी शनिश्चरे १ को ३५ औँ वार्षिक उत्सव सम्पन्न भएको छ ।
हिजो सोमबार वार्षिक उत्सवको अवसरमा पूर्व प्रिन्सिपल सम्मान, पूर्व विद्यार्थी सम्मान सहित पुरस्कार वितरण गर्दै ३५ औँ अभिभावक दिवस मनाएको हो ।
भूतपूर्व प्रिन्सिपलहरू गणेश विष्ट, दिनेश बराल र भूमिप्रसाद पाठकलाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मानित गरिएको थियो । पूर्व प्रिन्सिपल उमाकान्त रिजाल, नारायण कट्टेल, वीरेन्द्र गुरुङलाई समेत सम्मान गर्ने कार्यक्रम तय भएको बिब्यस अध्यक्ष नोवल किशोर खनालले जानकारी दिनुभयो ।
पूर्व विद्यार्थीहरू २०५८ सालको एसएलसी ब्याचका यस बहादुर विक, मणिराज खतिवडा, गीता गजमेर, डिका गुरुङ, रमण नेपाली। अरुण सुब्बा, दीपक सिवाकोटी ३ जना सोही अवसरमा प्रथम  शैक्षिक सत्र २०५८ एस.एल.सी. ब्याचका  विद्यार्थीहरूलाई पनि सम्मान गर्ने कार्यक्रम तय गरिएको थियो ।
उक्त कार्यक्रमको अवसरमा वर्षको उत्कृष्ट विद्यार्थी विधाबाट कक्षा १० की छात्रा जेनिसा कार्कीलाई पुरस्कृत हुनुभयो ।
कक्षा नर्सरी देखी कक्षा १० सम्मा कक्षा प्रथम, द्धितिय तृतीय हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।
विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष नोवलकिशोर खनालले प्रगति विद्यालयको प्रगति प्रतिवेदन तथा भावी कार्य योजना प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया