पथरी । केचना प्याराडाइज  इङ्ग्लिस स्कुल पथरी शनिश्चरे नगरपालिका ६, मोरङ आफ्नो १९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
विद्यार्थीहरूले ड्रम सेटको माध्यमद्धरा पिटी पदर्शन गर्दै औपचारिक कार्यक्रम उद्घाटन गर्दै १९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएका कार्यक्रम मनाएको हो ।
विद्यालय प्रणगणमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो ।, विद्यार्थीले निर्माण गरेको विज्ञान सामग्री समेत प्रदर्शन गरिएको थियो ।
विद्यार्थीहरूको सृजनशीलता र ज्ञानलाई प्रोत्साहन गर्ने उद्देश्यले विज्ञान प्रदर्शनी समेत गरिएको
विद्यालयका निर्देशक सर्व लाल राईले बताउनु भयो ।
वार्षिकोत्सव कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय उपस्थिति बिच समारोह सम्पन्न भयो ।
निर्देशक सर्व लाल राईको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि सुनवर्सी नगरपालिका १ का वडाध्यक्ष विरेन राई रहनु भएको थियो भने विद्यालयकी प्रिन्सिपल शारदा समालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया