पथरी शनिश्चरे १ मा स्थापित न्यू पेगोडा अङ्ग्रेजी स्कुलले आफ्नो ३४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ ।
शुक्रवार बृहत् कार्यक्रमको आयोजना गर्दै आप्mनो ३४ औँ वार्षिक उत्सव कार्यक्रम भव्य रूपमा मनाएको हो ।
कार्यक्रममा विद्यार्थीहरूले साङ्गीतिक कार्यक्रम, नृत्य तथा नाटक प्रस्तुत गरेर उपस्थित अभिभावक तथा दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो ।
विद्यालयको तर्फबाट विभिन्न खेलमा सहभागी भएका खेलडीहरुलाई सम्मान समेत गरिएको थियो ।
कक्षा प्रथमलाई ७५ प्रतिशत, कक्षा दोस्रोलाई ५० प्रतिशत  र तेस्रो हुने विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति पुरस्कार वितरण गर्दै उत्कृष्ट वर्ष शिक्षक विधामा सञ्जीव अधिकारी, उत्कृष्ट कर्मचारी विधामा लिला बहादुर तामाङ र श्रमजीवी पत्रकार सम्मानबाट विजय खम्बु सम्मानित भए ।
यस्तै अभिभावक सम्मान विधाबाट उदय घिमिरे÷दुर्गा घिमिरे, डम्बर बहादुर राई÷रेविना राई, मदन अग्रवाल÷उर्मिलादेवी अग्रवाल, टङ्क बहादुर लामा÷निर्मला लामा, मन बहादुर गिरी÷लक्ष्मी गिरी, तारानाथ घिमिरे÷कविता घिमिरे, अर्जुन प्रसाद पोख्रेल÷निर पोख्रेल सम्मानित हुनुभयो ।
विद्यालयका संस्थापक निर्देशक टिक प्रसाद दंगाल, विद्यालय संस्थापक रामकुमार बस्नेत, प्रिन्सिपल उद्धव निरौला सहित अतिथि पुष्प बहादुर बस्नेतले सम्मान पत्र दोसल्ला ओढाएर सम्मानित ब्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।
व्यवस्थापन समितिका अध्यक्ष दुर्गा सुवेदी दंगालको अध्यक्षता भएको कार्यक्रम बिमली खत्रीले सञ्चालन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया