
पथरी । ब्राइट क्यारियर पब्लिक इङ्लिस बेडिङ स्कुल पथरी शनिश्चरे ९ महेन्द्र चौक मोरङले आफ्नो १५ औँ स्थापना तथा अभिभावक दिवस
अभिभावक मनाएको छ ।
आज फागुन २९ गते शुक्रवार विद्यार्थीहरूलाई पुरस्कार, शिक्षक सम्मान, नृत्य, गायन तथा विद्यार्थीको प्रतिभा प्रस्फुटन हुने कार्यक्रम गर्दै १७औँ स्थापना तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा मनाएको हो ।
कक्षा नर्सरी देखी कक्षा ७ सम्मका प्रथम द्धतिय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरियो भने विभिन्न विधाको खेलकुद कार्यक्रममा सहभागी भएका विद्यार्थी तथा अभिभावकलाई समेत सम्मानित गरिएको थियो ।
विद्यार्थीहरूले, कति माया लाग्छ रे, मनकी चरी, के भन्ने हाम्रो समय, वारी जमुना लगायत १ दर्जन बढी गीतहरूमा नृत्य गरेर उपस्थित अभिभावक तथा दर्शकको मन जितेका थिए ।
रेणुका खत्रीले आफ्नो गायन प्रस्तुत गरेकी थिइन भने, आसिमा पोख्रेल, सृष्टि खत्री, अग्रिम दुलालले कविता वाचन गर्दा कार्यक्रमको रौनक बढेको थियो ।
उत्कृष्ट शिक्षक विधा सम्मानबाट शिक्षिकाहरू अमृता गुरुङ, आज्ञा पराजुली र प्रतिभा कार्की सम्मानित हुनभयो । विद्यालयका प्रन्सीपल भक्त पौडेल र निर्देशक विक्रम लिम्बुले सम्मानित शिक्षिकाहरूलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नुभयो । भिडियो समाचार यो लिङक https://www.facebook.com/share/v/1PEQgbgcrB/




