पथरी शनिश्चरे नगरपालिका वडा न. १० मा रहेको हिरक आधारभूत विद्यालयको ३७ औं वार्षिक उत्सवको आवसरमा सम्मान तथा पुरस्कार वितरण सम्पन्न गरेको छ ।
आज ३७ औं वार्षिक उत्सवको अवसरमा आयोजित स्मृति अक्षयकोष पुरस्कार वितरण कार्यक्रम भब्य रुपमा सम्पन्न भएको हो ।
बाल कक्षादेखी कक्षा ८ सम्मका कक्षा प्रथम, द्धतिय र त्रीतिय हुने छात्रछात्रालाई पुरस्कार तथा शिक्षक कर्मचारीलाई सम्मान कार्यक्रम भएको थियो ।
बालकक्षाबाट महालक्ष्मी श्रेष्ठ, दिप्सा राई र विमोचन भण्डारी, कक्षा युकेजीका दिब्या राई, चिरम सुवेदी, र अनमोल राई, कक्षा १ का रेचल तामाङ, ममता थापा र लप्सन तामाङ कक्षा २ का सिम्रन तामाङ, शुभम पाठक र अस्मीता कार्की, कक्षा ३ मानव कार्की, झम्पल तामाङ र रुवेन घिमिरे पुरस्कृत भए ।
यस्तै गरि कक्षा ४ बाट रोमिका कार्की, प्रिया लामगादे, लोजिना तामाङ, कक्षा ५ कृष्ण कार्की, विनिसा लामगादे र त्रिसा राई कक्षा ६ का जानकी बिक, अंशु विक, र निरब चम्लागाई कक्षा ७ का रोश्मी लिम्बु, शुशिल शिवाकोटी र केशर बहादुर राउत, कक्षा ८ को अनुराधा श्रेष्ठ पुरस्कृत भइन ।
नियमित विद्यालय आउने लगनसिल विद्यार्थी जोया लप्सन, परिश्रमी तथा इमान्दार विद्यार्थी तर्फ सपना धिमाल उच्च अनुसासित विद्यार्थी रुश घिमिरे परिश्रमी तथा अनुशासित विधा तर्फको प्रणिता तामाङलाई पुरस्कार वितरण गरिएको थियो ।
अक्षयकोष दाता सम्मानबाट श्याम कुमारी काङ्वा, उत्कृष्ट शिक्षक सम्मान विधाबाट अम्बिका थापा अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक अम्वेद कुमार अम्वेदकर अमात्य र उत्कृष्ट कर्मचारी सम्मान विधाबाट सीता शिवाकोटी सम्मानित हुनु भयो ।
अक्षयकोष समिति अध्यक्ष देवि प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष जीवन खतिवडा हुनुहुन्थ्यो । बि ब्य स अध्यक्ष :सुमन सुब्बा, अक्षयकोष समिति सदस्य कृष्ण कार्की, अक्षयकोष दाता प्रेम ढकाल वि ब्य स सदस्य तथा अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक कबिता तिम्सिना भण्डारीले संचालन गर्नु भएको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया