एकिकृत समाजवादीले संगठन बिस्तार तिब्र पर्दै

एकिकृत समाजवादीले संगठन बिस्तार तिब्र पर्दै
पथरी । समाजवादी पार्टीनेपालले स्थानिय निर्वाचन नजिकिदै जाँदा कंगठन निर्माण अभियानलाई तिब्र बनाएको छ । संबिधान सभा सदस्य चण्डीप्रसाद राई राई प्रदेश १ का सांसद कृष्णाकुमारी राई तथा सुकुम्बासी आयोगका पूर्व मोरङ अध्यक्ष मानप्रसाद लिम्बु सहितको टिम अहिले संगठन निर्माण अभियानलाई तिब्रता दिएको हो । बिहिवार पथरीशनिश्चरे नगरको वडा नं. १ मा टोल कमिटी गठन निर्माण कार्य सम्पन्न गरेको छ । समाजवादीले सुना...

दल अदल बदल गर्नेको लर्को बढयो

कैलाली । संसदिय राजनितिको चरित्र नै उदाङगो हुने गरि दल अदल बदल गर्नेहरुको लर्को छ । पार्टी नेतृत्वसंग असन्तुष्टी र स्वार्थको भुमरीमा रुमलीएर हुने दलअदल बदल स्थानिय निर्वाचन नजिएसंगै एक पार्टी छोडेर अर्को पार्टीमा लर्को नै लाग्ने गरेको छ । ठुला पार्टीका ठुलै नेताहरु दल अदलबदलको काममा कम्मर कसेर सहभागी भई सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दा संसार जितेर आएको जस्तो अनुहारमा खुसी झल्कीएको देखिन्छ ।यस्तै...

वडाध्यक्षमा कासीहाङको दाबि

वडाध्यक्षमा कासीहाङको दाबि
पथरीशनिश्चरे नगरपालिका वडा ७ का वडा सदस्य कासीराज राईले वडा अध्यक्ष पदका लागी आफ्नो उम्मेद्धवारी घोषणा गरेका छन ।   फागुन ३० गते घोषणा भएको स्थानिय निर्वाचनमा वडा सदस्य राईले वडा अध्यक्ष पदको लागी उम्मेद्धवार बन्ने आकंक्षा रहेको र पार्टीले टिकट दिएमा जित्ने दाबि गरेका हुन । पथरीशनिश्चरे वडा न. ७ किरातीचौकका स्थाई बासिन्दा राईले आफुलाई पार्टीले टिकट दिने कुरामा वडा सदस्य रहदा आफनो सफल...

वडाद्धरा ढाकातान वितरण

वडाद्धरा ढाकातान वितरण
पथरी । पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा वडा नम्बर ८ मा महिला लक्षित कार्यक्रम अन्तर्गत संचालित २ महिने ढाकातान तालिम तथा तान वितरण गरेको छ । नुमाफुङ महिला समूहले आयोजना गरेको कार्यक्रममा नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाको अगुवाइमा कार्यपालिका सदस्य गीता विश्वकर्मा सहितको उपस्थितीमा वितरण गरेको हो । वडा भित्रका २५ जनाले ढाकाको टोपी, सारी, लुङ्गी, गलबन्दी, लेहेङ्गा बुन्ने तालिम लिएका थिए ।

प्रहरीले ‘अन द स्पट’ लाइसेन्स सक्कली/नक्कली छुट्याउन सक्ने

प्रहरीले ‘अन द स्पट’ लाइसेन्स सक्कली/नक्कली छुट्याउन सक्ने
के तपाईं नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारीसाधन चलाइरहनुभएको त छैन ? होसियार, अबदेखि ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत लाइसेन्स सक्कली वा नक्कली के हो तत्कालै अन द स्पट (ठाउँका ठाउँ) पत्ता लगाउन सक्नेछ । यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न ‘लाइसेन्स भेरिफिकेसन मोबाइल एप्स’ विकास गरेकाले यो काम सम्भव भएको हो । विभागले महानगरीय ट्राफिक...

भोक्राहामा अजिङ्गर फेला

भोक्राहामा अजिङ्गर फेला
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड न.२ मा अजिङ्गर फेला परेको छ । पालिका वार्ड न. २ आधारभुत विद्यालयको छेउमा भोला मेहताको घरमा फेला परेको हो। फेला परेको अजिङ्गरलाई स्थानीयबासी र स्थानीय प्रहरीको सहयोग वन डिभिजन कार्यालय सुनसरीले उद्दार गरि लगिएको छ ।

प्रदेश १ मा कृषि तथा पशुको बीमा हुने

प्रदेश १ मा कृषि तथा पशुको बीमा हुने
इटहरी। प्रदेश १ मा रहेका कृषकहरूले पालनपोषण गर्दै आएका पशुको बीमाका लागि अजोड इन्स्योरेन्स र सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघबीच सम्झौता भएको छ । एक कार्यक्रमबीच सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघका अध्यक्ष बाबुराम खत्री र अजोड इन्स्योरेन्सका सहायक महाप्रबन्धक डोरीन्द्रराज दाहालले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।सगरमाथा डेरीका अध्यक्ष खत्रीका अनुसार सहकारी क्षेत्रको नयाँ मोडल अनुसार दूग्ध क्षे...

सप्तरीमा पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु

सप्तरीमा पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु
राजविराज। सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ६ रत्वालामा शनिबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुर्व पश्चिमा लोकमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको स १ च १६८३ नम्बरको पिकअप भ्यान अनियिन्त्रित भई स्थानीय पैदल यात्रीलाई ठक्कर दिदाँ ५५ वर्षीय दुखी लाल लेखीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते लेखीलाई स्थानीय धर्मेश्वर अस्पताल ठेलियामा उपचार गराई थप उपचार...