कैलाली । संसदिय राजनितिको चरित्र नै उदाङगो हुने गरि दल अदल बदल गर्नेहरुको लर्को छ । पार्टी नेतृत्वसंग असन्तुष्टी र स्वार्थको भुमरीमा रुमलीएर हुने दलअदल बदल स्थानिय निर्वाचन नजिएसंगै एक पार्टी छोडेर अर्को पार्टीमा लर्को नै लाग्ने गरेको छ ।
ठुला पार्टीका ठुलै नेताहरु दल अदलबदलको काममा कम्मर कसेर सहभागी भई सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दा संसार जितेर आएको जस्तो अनुहारमा खुसी झल्कीएको देखिन्छ ।यस्तै भएको छ कैलाली गोदावरी नगरपालकिा, १ का एमाले नेता भिम बिकको पनि एमालेबाट माओवादी प्रबेस गर र फेरी सोही दिन माओवादीबाट एमालेमा नै प्रवेश गरे ।
एमाले वडा नम्बर १ वडा कमटिीका पूर्व अध्यक्ष बिक बुधबार माओबादीमा प्रवेश गरेका थिए । अत्तरयिामा गोदावरी नगर कमिटीको आयोजनामा भईरहेको प्रशक्षिण कार्यक्रममा उनी माओबादीमा प्रबेश गरे । त्यसको केही घण्टामै उनी पुन एमाले मै फर्किए ।





