पथरीशनिश्चरे नगरपालिका वडा ७ का वडा सदस्य कासीराज राईले वडा अध्यक्ष पदका लागी आफ्नो उम्मेद्धवारी घोषणा गरेका छन ।

फागुन ३० गते घोषणा भएको स्थानिय निर्वाचनमा वडा सदस्य राईले वडा अध्यक्ष पदको लागी उम्मेद्धवार बन्ने आकंक्षा रहेको र पार्टीले टिकट दिएमा जित्ने दाबि गरेका हुन ।
पथरीशनिश्चरे वडा न. ७ किरातीचौकका स्थाई बासिन्दा राईले आफुलाई पार्टीले टिकट दिने कुरामा वडा सदस्य रहदा आफनो सफल जिम्मेवारी पु्रा गरेको हुनाले बिश्वास्त रहेको बताए ।





