६ ग्राम ब्राउनसुगर सहित २ युवा पक्राउ

६ ग्राम ब्राउनसुगर सहित २ युवा पक्राउ
पथरी । ६ ग्राम लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचिपुल छेउबाट कन्काई नगरपालिका–४ बस्ने ३२ वर्षीय सनम श्रेष्ठ र सोही स्थान बस्ने २५ बर्षीय सन्दिप कुमाललाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

एक वर्षमा ब्राउन सुगर २ किलोग्राम ४५ मिलिग्राम नियन्त्रण

एक वर्षमा ब्राउन सुगर २ किलोग्राम ४५ मिलिग्राम नियन्त्रण
पथरी । नेपाल प्रहरीको १ नम्बर प्रदेश कार्यालय माताहतम रहेका प्रहरीले ब्राउन सुगर २ किलोग्राम ४५ मिलिग्राम लगायतका लागुऔषध जफत गरेको छ । प्रहरीले २ हजार २१ किलोग्राम ९०२ ग्राम, गाँजा, २३ ग्राम ९१७ मिलिग्राम चरेस, बिभिन्न मनोद्धिपक क्याप्सलु ३१ हजार ९ सय ७०, मनोद्धिपक एम्पुल १० हजार २ सय ६५ र मनोद्धिपक औषधीहरु ७ सय ६९ क्याप्सुल बरामद गरेको हो । त्यसै गरि ४ हजार ८ सय २१ रोपनी क्षेत्रफलमा लगाएको ८...

पैनीमा डुबेर बालिकाको मृत्यु

पथरी । पथरीशनिश्चरे नगरपालिका वडा न. ९ मा १९ महिनाका बालिकाको पैनीमा डुबेर मृत्यु भएको छ । तेह्रथुम छथर गापा स्थाई ठेगाना रही पथरीशनिश्चरे ९ मा कोठा भाडामा बस्दै आएका कुमार लिम्बूको १९ महिनाको छोरी स्नेहा लिम्बूको मृत्यु भएको हो । घर नजिकै बग्ने पैनी रहेको र सोही पैनीले बगाएर बालिकाको मृत्यु भएको थियो । डुबेको अवस्थामा स्थानियले देखी बाहिर निकाल्दा वालिकाको मृत्यु भईसकेको स्थानियले बताए । बालि...

सवारी दुर्घटनामा परि बालिकाको मृत्यु

सवारी दुर्घटनामा परि बालिकाको मृत्यु
पथरी । पथरीशनिश्चरे २ पारुहङटोलमा सडक दुरघटनामा परि एक बालिकाको मृत्यु भएको छ । मंगलबार दिउसोको समयमा प्रदेश १–२–००३ ह ५३८ नम्वरको सिटी सफारीले ठक्कर दिएर आन्न राईको ४ बर्षीया छोरी सिहाङ राईको मृत्यु भएको हो । ठक्कर दिदा घाईते भएकी राईको मोरङको बिराट नर्सिङ अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको पहरीले जनाएको छ । ठक्कर दिने सिटी सफारी र चालक ४८ बर्षीय मन बहादुर तामाङलाई इलाका प्रहरी क...

नुहाउदा खोलामा डुबेर मृत्यु

नुहाउदा खोलामा डुबेर मृत्यु
पथरी । देउनिया खोलामा ११ वर्षका बालक नुहउने क्रममा डुबेर मृत्यु भएको छ । भद्रपुर नगरपालिका ३ धिमेलधुरा झापाका सितु सापकोटाको ११ बर्षीय छोरा ईश्वर सापकोटाको खोलामा डुबेर मृत्यु भएको हो । शुक्रवार बेलुका करिब ५ बजेको समयमा देउनिया खोलामा नुहाउने क्रममा खोलामा डुबी बेपत्ता भए पछि ईलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले स्थानियबासीहरुको सहयोगमा खोजतलास गर्ने क्रममा खोला किनारमा मृत ...

लागुऔषध बिरुद्ध प्रहरी आक्रमक बन्दै

लागुऔषध बिरुद्ध प्रहरी आक्रमक बन्दै
पथरी । लागुऔषध बिरुद्ध प्रहरी आक्रमक शैली अपनाउदै कारोबारी तथा प्रयोगकर्ता धमाधम पक्राउ गर्न प्रहरी सफल भइरहेको छ । मोरङको सुनवर्षी नगरपालिका ८ नेपाल चौक छेउबाट लागुऔषध सहित दुई जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका ५ का २१ बर्षीय विष्णु रिषिदेव र २० बर्षीय अभिषेक रिषिदेव रहेका छन् । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले साईकलमा हिडिरहेका उनिहरुलाई प्रहरीले लागुऔषध न...

मन्दीरको घण्टी चोरी

मन्दीरको घण्टी चोरी
पथरी । पथरीशनिश्चरे १० रिलेसनचौकमा रहेको नवदुर्गा सेवा सदन मन्दिरको घण्टी चोरी भएको छ । सोमवार राती २२ किलोको घण्टी चोरी भएको हो । स्थानिय गणेश थक्लुङ लिम्बुले स्वर्गिय आमाको दिलकुमारी लिम्बुको नाममा उत्त मन्दिरलाई घण्टी प्रदान गरेका थिए ।

ब्राउन सुगर सहित युवा पक्राउ

ब्राउन सुगर सहित युवा पक्राउ
पथरी । इलाका प्रहरी कार्यालय पथरीले खैरोहिरोइन सहित एक युवालाई पक्राउ गरेको छ । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ वर्ष ३६ का वीरबहादुर थापालाई पक्राउ गरेको हो । ब्राउन सुगर बिक्रि गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले थापाले कोठामा लुकाई राखेको २ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका थापालाई इप्रका पथ...

पथरीचौकमा मोटर साइकल दुरघटना

पथरीचौकमा मोटर साइकल दुरघटना
पथरी । पथरीशनिश्चरे १ गोर्खा डिर्पाटमेन्ट अगाडी २ वटा मोटरसाइकल दुरघटना भएको छ । आज सोमबार बेलुका ९ बजेको समयमा को २९ प ४७४२ र मे ८ प २६८२ मोटरसाइकल एक आपसमा ठोक्किएको हो । एक आपसमा ठोक्किदा को २९ प ४७४२ को चालक गम्भीर रहेको स्थानियले बताए । मे ८ प २६८२ सवार दुईको अवस्था समान्य रहेको र पथरी अस्पतालमा उपचाररत छ्न । तस्वीर सुमन शर्माको फेसबुकबाट

अबैध गाँजा सहित २ युवा पक्राउ

अबैध गाँजा सहित २ युवा पक्राउ
पथर । संखुवासभाको खाँदवारी नगरपालिका–३ माल्टा खोला छेउबाट नियन्त्रीत लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट सुमनचौकबाट खटिएको प्रहरी टोलीले चिचिला गाउँपालिका–१ का ३० बर्षका बबी गुरुङ र २९ वर्षका बिकास गुरुङलाई पक्राउ गरेको हो । उनिहरुको साथबाट प्हरीले ८ केजी गाँजा बरामद गरेको थियो । उनीहरुलाई जल्ला प्रहरी कार्यालय संखुवासभामा राखेको प्रहर...