
पथरी । पथरीशनिश्चरे २ पारुहङटोलमा सडक दुरघटनामा परि एक बालिकाको मृत्यु भएको छ । मंगलबार दिउसोको समयमा प्रदेश १–२–००३ ह ५३८ नम्वरको सिटी सफारीले ठक्कर दिएर आन्न राईको ४ बर्षीया छोरी सिहाङ राईको मृत्यु भएको हो ।
ठक्कर दिदा घाईते भएकी राईको मोरङको बिराट नर्सिङ अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको पहरीले जनाएको छ ।
ठक्कर दिने सिटी सफारी र चालक ४८ बर्षीय मन बहादुर तामाङलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा छन ।





