
पथरी । इलाका प्रहरी कार्यालय पथरीले खैरोहिरोइन सहित एक युवालाई पक्राउ गरेको छ । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ वर्ष ३६ का वीरबहादुर थापालाई पक्राउ गरेको हो । ब्राउन सुगर बिक्रि गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले थापाले कोठामा लुकाई राखेको २ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका थापालाई इप्रका पथरीमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई रहेको छ ।





