पथरी । देउनिया खोलामा ११ वर्षका बालक नुहउने क्रममा डुबेर मृत्यु भएको छ । भद्रपुर नगरपालिका ३ धिमेलधुरा झापाका सितु सापकोटाको ११ बर्षीय छोरा ईश्वर सापकोटाको खोलामा डुबेर मृत्यु भएको हो ।
शुक्रवार बेलुका करिब ५ बजेको समयमा देउनिया खोलामा नुहाउने क्रममा खोलामा डुबी बेपत्ता भए पछि ईलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले स्थानियबासीहरुको सहयोगमा खोजतलास गर्ने क्रममा खोला किनारमा मृत अबस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया