१ नं. वडामा आवधिक योजना निर्माण बारे सुझाव पेश
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको १ नं. वडा कार्यालयले आज एक महत्वपूर्ण कार्यक्रमको आयोजना गरी आगामी पाँच वर्षको आवधिक विकास योजना निर्माणको लागि छलफल मार्फत सुझाब पेश गरेको छ ।
वडा अध्यक्ष भीमकुमार राईको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय उद्योगी व्यवसायी र वडा कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममामा पथरी उद्योग वाणिज्...










