
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. १० को आर्थिक सहयोगमा ३ दिने आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशालाको उद्घाटन भएको छ ।
नेपाल आदिबासी जनजाती महासंघ वडा समन्वय पथरी शनिश्चरे १० ले आयोजना गरेको कार्यक्रम वडा अध्यक्ष जीवन खतिवडाले उदघाटन गरेका हुन ।
‘विश्व भरिको आदिवासी जनजाति एक हौं’ भन्ने मूल नाराको साथ आज आइतबार सिन भिलेज पार्टी प्यालेसमा उदघाटन भएको कार्यक्रममा वडा न. १० बसोबास गर्ने ५० जनाको प्रशिक्षर्थीहरुले सहभागिता जनाएका छन ।
अध्यक्ष सबिन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा आदिवासी जनजाति महासंघ नगर कमिटी अध्यक्ष देवेन्द्र वनेम, वडा सदस्य मिना तामाङ, सञ्चारकर्मी अर्जुन जम्नेली राई, समाजसेवी गणेश थक्लुङ, हेमभक्त तमु निवर्तमान अध्यक्ष सुमन कुरुङबाङ लगायतको उपस्थिति रहेको थियो ।





