अन्नपूर्ण माविले ३४ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनायो
भूमि प्रसाद पाठक
पथरी । पथरी शनिश्चरे वडा नं १ मोरङमा रहेको श्री अन्नपूर्ण माध्यमिक विद्यालयले आफ्नो ३४ औँ अभिभावक दिवस तथा वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।
हिजो बिहीबार विद्यालयले आफ्नै प्राङ्गणमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो ।
पथरी शनिश्चरे वडा नं १ का वडा अध्यक्ष भीम कुमार राईको प्रमुख आतिथ्यता र विद्यालयका निर्देशक मदन बहादुर थापाको अध्यक्षतामा सम्पन्न भए...









