
पथरी । प्रेम साम्बा लिम्बु केही समय बैदेशिक रोजगारीमा रहे । अहिले ५० वर्ष पुगेका प्रेम आफनो बुढयौलीपनलाई कृषि पेशामा समर्पित गर्न लागेका छन । बुबा सुब्बा खलक । पथरीशनिश्चरे २ देवीगञ्जमा बुवाकै अमृतको रुपमा पाएको अंस बापतको केही जग्गामा ड्राइगनफ्रुटको खेती सुरु गरका छन ।
युमा कृषि फार्म दर्ता गरेर सञ्चालनमा ल्याएका लिम्बुले ड्राइगन फ्रुटका बिरुवा सुनसरीको रामधुनी स्थीत कृपासुर घलेको फार्मबाट ल्याएर सुरु गरेका छन । विरुवा रोपेको १ वर्षमा नै फल दिन सुरु गरेको यो बिरुवाले आउने वर्षमा उत्पादन बढने र आम्दानीको स्रोत हुने लिम्बुको भनाई रहेको छ । ड्राइगन फ्रुट खास गरि म्यकसिकोको आदिबासी फल हो । त्यहाको जंगलमा पाइने यो फललाई बाँदर चरा लगायतका जंगली पशुपक्षीहरुले खाने गरेको पाए पछि त्याहका मानिसले यस फललाई संरक्षण गर्न थालेको कहवात सुन्न पाइन्छ ।
भियतनामका जनताले ब्यापारिक तहबाटनै खेती सुरु गरेको यस फलको प्रचार प्रसार गरेर ब्यवसायिक रुपमा अगाडी बढाउने काम अमेरिकाबाट सुरु भएको लिम्बुको भनाई रहेको छ । नेपालको सन्र्दभमा भने डा. जगमान राईले पहिलो पटक सन सम्वत २००२ मा सेतो रङको पु्रmटको बिरुवा ल्याएको एक अध्ययन देखाउछ । अहिले नेपाली बजारमा सबै भन्दा महङगो फल र बिरुवाको रुपमा चिनिएको यस फलको मुल्य ७ सय रुपैया प्रति केजीको दरले बिक्री भइरहेको छ । यस फललाई नेपाली चलनचल्तीको भाषामा सिउडी फल भनेर पनि चिनिन्छ ।

लिम्बुको अनुभवमा यो फल मलटीभिटामिन रुप रहेकोले क्यानसर, सुगर, प्रेसर लगायत शरिरमा भएका सम्पुर्ण रोग भएका रोगीहरुले खान मिल्ने फल रहेको र बिशेष गरि सुत्केरी तथा गर्भवती महिलाको लागी उपयोगी फल रहेको सुनाए ।
यसको टुसा तरकारीको रुपमा सुप अचार लगायत बनाएर समेत खान मिल्ने बताउदै प्रत्येक घरमा एक दुई बोट वा क्षमता र ठाउ भएको खण्डमा जहासुकै पनि रोप्न मिल्ने बताउछन । यसको खेती गर्दा प्रत्येक १० फिटको लम्बाई चौडाई हुनु पर्ने अन्र्तराष्ट्रिय मापदद्ध भए पनि नेपालको सन्र्दभमा ८ देखी १० फिट लम्बाई साढे ५ फिट उचाईमा राखेर ब्यवसायिक रुपमा खेती गर्न सकिने बताउछन ।
सामन्यतय बर्षायाममा फल्ने र पाक्ने यो फलको सिजन नेपालीले प्रत्येक घरमा रोप्न सकिने बताउछन । शहर बजारको लागी छत या कौसीमा तेल तथा अलकत्राको ड्रममा रोप्न सकिने लिम्बुको अनुभव रहेको छ । ड्रमलाई बिचमा काटेर २ वटा बनाउन सकिने र त्यस ड्रममा ४ फिट अग्लो उचाई भएको पिल्लरको सहायतमा रोप्न मिल्नेछ । नेपालको कन्टेसमा चाही किन होचो पिल्लर भन्ने सवालमा यसलाई जति अग्लो बनायो त्यती नै ढिलो फलदिने लिम्बुको भनाई छ ।
यो पु्रmटको बिरुवा गुलियो हुने भएकोले किरा फट्ङग्राले १२ महिना नै आक्रमण गर्ने र यसलाई फङगस रोगले सातउने बताउछन । यसको लागी हेर चाह बढी गर्नु बताउछन । यस फलको विरुवा समुद्री सतह देखी १३ सय मिटर अग्लो ठाउ, जाडो याममा माइनस २ डिग्री चिसो, ४५ डिग्रीसम्माको घाम थेग्न सक्ने क्षमता हुन्छ । तर पानी जम्ने ठाउमा रोपेको खण्डमा घाम लागेमा कुहिएने लिम्बुको अनुभव रहेको छ ।
नेपालको काभ्रेमा यो फल १ केजी २ सय ग्रामसम्मा फलाएको बताए । यसलाई वर्षमा ३ पटक जेठ असोज र माघ महिनामा मल लगाउनु पर्ने र डाँडा पानी नजम्ने ठाउमा राम्रो हुने लिम्बुको भनाई रहेको छ ।






