पथरी । पथरी शनिश्चरे नगरपालिकामा सहकारीमा वार्षिक योजना तथा बजेट निर्माण सम्वन्धी दुई दिवसीय तालिम सुरु भएको छ । पथरी शनिश्चरे नगरपालिका सहकारी शाखाको आयोजनामा सुरु भएको तालिमको उद्घाटन नगर प्रमुख मोहन प्रसाद तुम्वापोले गर्नुभएको थियो ।
नगरको नियमन क्षेत्राधिकार भित्र सहकारी संस्थाहरूका लागि गरिएको सो तालिमको सहजीकरण जिल्ला वचत संघ बेलबारी मोरङका कार्यक्रम अधिकृत रामकुमार दाहालले गरिरहनुभएको छ । उद्घाटन कार्यक्रममा राजश्व अधिकृत ताराप्रसाद ढकाल र सहजकर्ता दाहालले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन नगरका सहकारी शाखा प्रमुख केशव देवी धमलाले गर्नुभएको थियो भने तालिम भोलि समापन हुनेछ ।

तपाईको प्रतिक्रिया