
अष्टलक्ष्मी साकोसमा उत्कृष्ट कारोबार गर्ने सेयर सदस्य सुनिता बिष्टलाई सम्मान गर्दै संस्थापक अध्यक्ष बिना राई, वर्तमान अध्यक्ष दुर्गा सुवेदी दंगाल र कोषाध्यक्ष जानुका श्रेष्ठ । तस्वीर तिम्मा न्यूज
पथरी । महिला संगठित भएर संचालनमा रहेको अष्टलक्ष्मी वचत तथा ऋण सहकारी संस्था लि. को १८ औं साधरण सभा सम्पन्न भएको छ ।
संस्थाको भवन पथरी शनिश्चरे १ मा हिजो असोज ३ गते विहीबार १८ औ साधरण सभा सम्पन्न भएको हो ।
सचिव सृजना राईले प्रस्तुत गरेको प्रतिवेदन अनुसार संस्थाले यस वर्ष २४ लाख ६५ हजार ५ सय ८४ रुपैयाँ ८१ पैसा खुदा नाफा कमाएको छ ।
१ करोड ४४ लाख ८६ हजार ४ सय रुपैयाँ सेयर पुँजी रहेको यस संस्थामा ८ करोड ७९ लाख ३७ हजार ९ सय ५४ रुपैया ९० पैसा बचत निक्षेप रहेको प्रतिवेदनमा उल्लेख छ ।
१८ औं साधरण सभाको अवसरमा उत्कृष्ट वितिय कारोबार गर्ने संस्थाको सेयर सदस्य ऐच्छिक बचतकर्ता सुनिता बिष्ट, अनिबार्य बचतकर्ता विन्दु पौडेल, धितोऋण कारोबारकर्ता अनिता राई र सामन्य ऋण सीता दर्नाललाई सम्मान गरेको थियो । उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई सम्मानपत्र सहित मायाको चिनोले सम्मानित गरिएको थियो ।
यस्तै उत्कृष्ट बाल बचत गर्ने समृद्धी भट्टराई प्रथम पुरस्कार अनिरव गुरुङ दोस्रो पुरस्कार र पविनका बिष्ट तेस्रो पुरस्कार संस्थाकी अध्यक्ष दुर्गा सुवेदी दंगालले हस्तानतरण गरेकी थिइन ।
सस्थाको जेष्ठ सदस्य र एकल महिला सदस्यलाईपनि सम्मान गरेर हौसला दिएको थियो ।






