
पथरी । कुमार श्रेष्ठले एक कुसल बंगुर पालक किसानको रुपमा आफनो परिचय बनाए । पथरीशनिश्चरे २ जयचौक स्थीत नेवारटोलका श्रेष्ठ करिब ५ वर्षदेखी उन्नत जातका बंगुरका पाठापाठी उत्पादनमा लागेका किसानको परिचय बनाउन सफल भए । तर तिनै सफल कृषकको रुपमा दरिएका कुमार श्रेष्ठसंग एक हप्ता भित्रमा २ सय ३० वटा बंगुरका पाठापाठीलाई एकै खाल्डोमा गाडनु परेको तितो यथार्थ पनि छ । किन पाठापाठी गाडनु पर्यो भन्ने प्रश्न गर्दा श्रेष्ठले भने, खोरेत सरुवा रोग भएको र यो रोग लागेको कारण पाठापाठी मरेको कारणले खाल्डो देखाउदै गाडेको बताए । यो रोगले सबै पशुलाई आक्रमण गरे पछि ६० दिन सम्माको पाठापाठीको बाच्ने चान्स नै नहुने अनुभव सुनाए ।
यो रोगले पहिला खुरमा घाउ आउने, मन्द ज्वरोले च्याप्दै लगेपछि केही समय भित्र मृत्यू हुने उनले सुनाए । उनको फार्म भित्र खोरेत रोगको प्रबेशकै कारण नै १ लाख ६० हजार रुपैयाँ बराबरको खोरेतको महंगो भ्याक्सीन अन्य बंगुरलाई लगाएर बचाउन सफल भएको बताउछन । एउटा भ्याक्सीनलाई १५ सय रुपैयाँको पर्ने बताए ।

सामन्य रुपमा बंगुर पालन सुरु गरेका श्रेष्ठले ५ वर्ष अगाडी १० पाठी जातबाट बंगुर पालन सुरु गरेका थिए । श्रेष्ठको खोरमा अहिले ५० वटा बंगुरका माउ छन ।
तर्पन एग्रो फर्म दर्ता गरि सञ्चालनमा ल्याएका श्रेष्ठसंग अहिले पनि १ सय भन्दा बढी पाठापाठी रहेका बताए । पहिला ७ हजार प्रतिगोटा बिक्रि गरेका पाठापाठीहरु अहिले सरदर ३ हजार रुपैयाँ गोटाले बिक्री गरिरहेका छन । यो बजार भाउका कारण २० देखी २५ लाख रुपैयाँ घाटा लागेको बताउछन । श्रेष्ठको खोरमा अहिले हेम्पासायर/हेमसायर , लेन्डयर्स, योगसायर, धराने कालो बंगुर, बंदेल लगायतका जातका माउ बंगुरहरु छन ।
पाठापाठीको माग बजारमा नभएको कारण अहिले बंगुरपालन ब्यवसाय धारासाही हुदै गई रहेको अनुभव सुनाए । बाहिर बजार छैन । श्रेष्ठको भनाई छ । श्रेष्ठले अहिले बंगुरहरुलाई ४० प्रतिशत दाना र ६० प्रतिशत चिउरा र चिउराको भुस मिलाएर खुवाउदै गरेको बताए ।
बंगुर पालन गर्ने कृषकहरु यस ब्यवसायबाट पलायन भएर विदेश गएको बताउछन । दानाको भाउ महंङगो भयो । मासुको भाउ खस्कदो छ । पाठापाठीको उत्पादन बढी छ । खपत हुने बजार नहुनु नै मुख्य समस्या रहेको बताउछन ।
प्रदेश सरकारबाट १० लाख रुपैयाँ र पथरीशनिश्चरे नगरपालिकाबाट २ पटकमा ६० हजार अनुदान पाएको बतए । खोर निर्माण शिर्षकबाट प्रदेश सरकारले उत्त रकम अनुदान दिएको अब रहेका पाठापाठीलाई मासु उत्पादनको ध्यान दिने बताए । कृषि पेशामा लागेको कारण बंगुर पालनलाई आफुले निरन्तरता दिने बताउदै अब बाख्रा पालन सुरु गर्ने बताउछन । उन्नत जातका १० माउ बाख्रा लगाउने योजना रहेको बताउदै किसानलाई नर्तसन आग्रह गर्छन ।






