मौरीका घार अगाडी मौरी किसान मनकुमार राई ।

पथरी । मौरी बिनास भए संसारमा उत्पादन हुने अन्नबाली फोर्सिएर जाने बताउछन, मौरी कृषक मनकुमार राई । २०५३ सालदेखी नै मौरीसंग रमाउन थालेका मनकुमार बिचमा बैदेशिक रोजगारीको लागी गएका थिए । विगत ३ वर्षदेखी भने अब मौरी पालन ब्यवसायलाई नै जीवनको उत्तरार्ध समयसम्मा सुम्पने निधोमा पुगेका छन ।
४२ वर्ष उमेर पुगेका मनकुमार राईको हातमा काठसंग खेल्ने कला खुबै राम्रो छ । काठबाट बुट्टा निकाल्न सिपालु मनकुमार काठका कामको लागी अब्बल मिस्त्री हुन । मनकुमारले पालेका मौरीको सबै घारहरु उनि आफैले बनाएका छन । टुनी जातको काठबाट बनेको घार सबैभन्दा असल र खपाउ हुन्छ । बैज्ञनिक बिधी अनुसार मौरीको घार २० एमएमको मोटाई, ५०५ एमएमको लम्बाई, ४१८ एमएमको चौडाई र २५० एमएमको उचाई राम्रो उत्कृष्ट हुने उनको तर्क छ ।
३ वर्ष अगाडी ४ घार मौरीबाट यो पेशा थालेका मनकुमारसंग अहिले ७५ घार मौरी रहेको छ । पथरीशनिश्चरे २ शान्तीचौकमा मौरीका घारहरु छन । ति मौरीका घारहरु मनकुमार राईकै हो ।

मनकुमार राईले पालेको मौरीको घारको दृश्य ।

मौरीपालक कृषकहरुमा मौरी सम्बन्धी ज्ञान नभएकै कारण असफल हुने गरेको मनकुमारको अनुभव छ । मौरीलाई कुन समयमा कुन रोग लाग्छ के खाने कुरा दिनुपर्ने, मौरी कतिबेला छुट्टयाउनु पर्छ, जस्ता न्यूनतम ज्ञान हुन जरुरी छ । मौरी बस्ने घार सकेसम्मा किसान आफैले बनाउदा राम्रो हुने बताउछन ।
गएको सिजनमा मनकुमारले ७ सय केजी मह उत्पादन गरेको बताउछन । सबै खर्च कटाएर २ लाख ५० हजार कमाई भएको छ । मौरी पेशालाई ब्यवस्थीत बनाउने बताउदै पथरीशनिश्चरे २ बोक्रेचौकमा जग्गा समेत लिएका छन । त्यही ठाँउमा घर बनाएर पेशालाई ब्यवसायलाई अझ ब्यवस्थीत बनाउने योजना सुनाउछन ।
मौरी पेशा जानेर गरेमा घाटा लाग्दैन । एक सिजनमा ४ घारसम्मा मौरी छुट्टयाउन सकिन्छ । मौरी चरेको एरियामा बिसादी लाउनै नपर्ने भन्दै कतिपय तोरी किसानले मौरी चराउन ल्याउन आग्रह गर्ने गरेको बताउछन । मौरी चरेको एरियामा बाली उत्पादन बढने भएको हुदा किसानले मौरी चराउन ल्याउन माग गर्ने गरेको बताउछन । पथरीशनिश्चरे नगर क्षेत्रमा २५ जना किसान रहेपनि हाल १६ जनाले मौरी पालन गरिरहेको बताउछन । स्थानिय सरकारले गत समय सालमा अनुदान प्रदान गरेको बताउछन । मौरी पालनको तालिम लिनका लागी चितवन गोदावरीमा समेत पुगेका मनकुमारलाई फापोस फुलोस शुभकामना ।

तपाईको प्रतिक्रिया