पथरी । ११ लाख ९८ लाख २९ हजार ३ सय ८८ रुपैयाँ नाफा सहित मेचि बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले २८ औं साधरण सभा गर्ने तयारी गरेको छ ।
झापाको दमकमा स्थापित मेची बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको पथरी सेवा केन्द्रको लागी हरियाली सामुदायिक वन उपभोत्ता समितिको सभाहलमा सेवा केन्द्र स्तरको कार्यक्रम सम्पन्न गर्दै २६ औं वार्षिकोत्सव तथा २८ औं साधरणसभा सम्पन्न गर्न लागेको हो ।
१२ वटा सेवा केन्द्र सहित सञ्चालनमा रहेको यस सहकारी संस्थाले पथरी सेवा केन्द्रमा अन्तीम कार्यक्रम सम्पन्न गरेको थियो ।
यही भदौ ११ गते संस्थाले रत्तदान तथा चेतना मुलक कार्यक्रम गर्ने भने १२ गते इकाई स्तरको निर्णय प्रमाणिकरण साधरणसभा सम्पन्न हुने जनायो ।
आर्थिक वर्ष २०७८/०७९ को कारोबार अनुसार १३ हजार ३ सय १८ जना शेयर सदस्य रहेको यस संस्थाको शेयर पुँजी ३५ करोड ५५ लाख ७८ हजार ८ सय रहेको छ भने जगेडा कोष तर्फमा १ करो ४७ लाख ५९ हजार ९ सय ६९ पैसा अन्य कोष तर्फ ११ करोड ६३ लाख ७३ हजार ४ सय ६८ हजार ५७ रुपैयाँ रहेको छ ।
यस्तै बचत निक्षेप तर्फमा २,१७,४४,९२,२८६ रुपैया ४६ पैसा कर्जा लगानी तर्फमा २,८९,६८,४२,६७९ रुपैयाँ ८३ पैसा स्थिर सम्पती तर्फ ९, ५०, १७, ०४७ रुपैया १० पैसा लगानी हिसाव तर्फमा ८,१९,८२,१९९ रुपैयाँ ८५ पैसा रहेको जनाइएको छ ।
कुल आय तर्फ ४२,३०,२९,१७० रुपैया रहेको छ भने ब्याय तर्फ ३०,३१,९९,७८२ रहेको छ ।

तपाईको प्रतिक्रिया