
पथरी । ८ वर्ष अगाडी भोटेघुम्ती कृषि फर्मको स्थापना भयो । यो फारममा हाल करिब १ करोड बराबर लगानी भईसकेको छ । ८० वटा प्रजनन्योग्य उन्नत जातका बंगुरका माउहरु छन । करिब ३ सय भन्दा बढी बंगुर अहिले यो कृषि फारममा पालिएको छ । दैनिक २०/२२ हजार रुपैयाँको दाना खान्छ ।
तर पाठापाठीको बजार भाउ उचित छैन । पाठापाठीको उचित भाउ नहुदा मासु उत्पादनमा बढी केन्द्रीत हुन थालेको यसका संचालक रमेश गिरी बताउछन ।

फारमबाट उन्नत जातका पाठापाठी रहेपनि अन्र्तराष्ट्रिय बजार नहुनुको नभएको कारण अहिले रमेश गिरी जस्ता असल र सयौं कृषकहरुको लगानी जोखिममा छ ।
रमेश भन्छन, कृषकप्रति राज्यको निती छ । तर त्यो नितिमा कृषकको पहुँच छैन । राज्यका सम्बन्धीत निकाय अनुगमन गर्दैन । असल कृषकलाई बचाउनको लागी उसको उत्पादनलाई बजारीकरण गर्ने माध्यम नभएको, कृषकलाई समयमा उचित कर्जा प्रर्वाह नभएको प्रति गुनासो गर्छन ।
टुलठुला महामारीबाट बचाउने भ्याक्सीन समेत नेपालमा नभएको बताउदै अफ्रिकन स्वाइन फिवर र पिआरएसएस भ्याक्सीन नभएकै कारण सयौं किसानहरुको करोडौं रुपैया मरिरहेको बताउछन ।

पश्चिम तिरको फर्महरु हैजा लागेर सोतर हुने गरेको कारण यो रोगसंग लड्न सक्ने क्षमताको भ्याक्सीन नेपाल सरकारले चाडो ल्याउनु पर्ने बताउछन ।
१ करोड लागनी गरेका रमेश गिरीको भोटेघुम्ती कृषि फर्मलाई १० रुपैया १ नम्बर प्रदेश सरकारले अनुदान दिएको थियो । कृषकलाई अनुदान दिदा स्थानिय सरकार वा सम्बन्धीत निकायले ब्यवसायीक हेर्नु पर्ने तर्क रहेको छ । कसैलाई एउटा बाख्रो पाठो र सुङगुर पाठो दिदा खासै अर्थ नरहने बताउदै सरकारले अब कम्ती यो अवस्थामा दानाको लागी अनुदान प्याकेज ल्याएमा ब्यवसायीहरुको हालत अलि उकासिने तर्क गर्छछ ।






