
पथरी । पथरीशनिश्चरे नगरपालिका कार्यालयको नियमन क्षेत्रधिकार भित्र रहेका सहकारी संचालकहरुलाई २ दिने क्षमता अभिवृदि तालिम सम्पन्न भएको छ ।
मंगलवार नगरपालिका सभाहलमा उद्घाटन भएको कार्यक्रममा बुधवार सम्पन्न भएको हो । जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. का सचिव एकराज निरौलाले सहजीकरण गरेको कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका कार्यालयको सहकारी शाखा प्रमुख केशवदेवी धमलाले कार्यक्रमको ब्यवस्थापन गरेकी थिइन ।
पथरीशनिश्चरे नगरको नियमक निकाय भित्र ३८ वटा सहकारी दर्ता रहे पनि कार्यक्रममा २८ वटा सहकारी सञ्चालकहरुको सहभागीता रहेको थियो । तस्वीर बिन्दादेवी राईको फेसबुकबाट साभार






