
पथरी । पथरीशनिश्चरे २ देवीगन्जको पर्शुराम चापागाईको आगनमा झपक्क फलेको अमलाको तस्वीर हो । नेपालका बिभिन्न भूभागमा पाइने यो अमला सि भिटामिन मिनरल आइरन शत्ती शत्ती पाइन्छ भने कब्जीयत हुनबाट बचाउछ । अमला दैनिक एक टुक्रा सेवन गर्नाले छाला सुन्दर बनाउने, कपाल झर्नबाट जोगाउने काम गर्छ ।
रोगसंग लडने क्षमताको विकास गर्ने, पाचन शत्ती बढने, मधुमेह र मुटुरोग हुनबाट बचाउने, पिसाव पोल्ने, महिनावारी गडबडी रोक्ने, नाक फुटेर रगत बग्ने, रत्तश्राप रोक्ने लगायतका काम गर्छ । अमलाको सेवन गर्नाले रुघाखोकी हटने समेत बताइन्छ ।






