
पथरी । टेम्केमैयुङ गाउँ पालिका १ रिमचिम भोजपुरका २७ वर्ष दिपेश याङमाली राई पिखुवा र बंखुवाको भित्ता पाखामा बाख्रा गोठालो गरिरहेका छन ।
प्रदिपको खोरमा अहिले ७० वटा भन्दा बढी बाख्रा छ । अबिभायित युवा बाख्राको स्याहारमा दैनिक तल्लीन हुदा उनको फुर्सद नै छैन । बैदेशिक रोजगारीको लागी काठमाण्डौ र धरान पनि धाए । तर सडक दुरघटनामा परी मस्तीष्कमा असर परेपछि बैदेशिक रोजगारीको कथा अन्त्य भयो । छिमेकी गाउ छिनामाखुमा निम्तो खान गएको बेला उसका साथीहरुको कारणले मरनसन्न हुने गरि कुटीए । झनै घाइते भएपछि उपचार गर्दा समय लाग्यो । बैदेशिक रोजगारी कथानै समाप्त भएपछि बिगत ३ वर्षदेखी बाख्रा पालन पेशा अंगालेर बसेका छन । अब बिवाह गर्ने सोच रहेका उनि सरकारले अनुदान दिन्छकी भन्ने आसमा बसेका छन ।
प्रदिप भन्छन मलाई अनुदान दिए, काम गरेर देखाउने पनि थिए र धर्म पनि हुने थियो । उनका फामको तस्वीरहरु:










