बिभिन्न पर्मबाट खरिद गरेर बाहिर बजार क्षेत्रमा बिक्री गर्न संकलन गर्दै गरेको तस्वीर २०६९ असोज २४ गते सोमबार । तस्वीर तिम्मा न्यूज
पथरी । बंगुर/सुगुर पालका किसानलाई सहजता हुदै गएको पाइएको छ । पथरीशनिश्चरे नगर क्षेत्रमा उत्पादन गरिएको बंगुर/सुङगुरहरु बाहिर खपत बढदै गईरहेको छ । केही महिना अगाडीसम्मा पथरीशनिश्चरे नगरक्षेत्रमा मासुका लागी उत्पादन भएका सुङगु/बंगुर ब्यापारीले पथरी बाहिर छिटपुट रपमा मात्रै लाने गर्दथिए ।
तर अहिले हप्तामा ४ पटकसम्मा बाहिरी बजारमा खपत हुन सुरु गरिसकेको छ । एक पटकमा १२ वटा सम्मा लादै गरेको ब्यापारीहरु बताउछन । सुङगुर/बंगुरको मासुको दर भाउ प्रतिकेजी ३ सय रुपैयाँ बजारभाउ छ । बिशेस गरेर काठमाण्डौं लगायत तराईका जिल्लाहरुमा पूर्बमा उत्पादन भएका कालो लोकल बंगुर छिटो खपत हुने ब्यापारीहरु बताउछन ।
नगरक्षेत्रमा बढी नै उत्पादन भएको तुलनामा खपत नभएको कारण धेरै सुङगुर बंगुर पालक किसानले मार खेप्दै आइरहेको थिए । यसरी थोरै भएपनि खपत भएमा किसानले राहत महसुष गर्दथे । नगरक्षेत्रमा उत्पादन भएका सुङगुर बंगुरको फर्म दर्ता गर्दा शुल्क लिने बार्षिक रुपमा रिन्यु गर्दा लाग्ने दस्तुर मात्रै लिन्छ । ब्यवस्थापन लागी कुनै योजना नै नभएको बंगुर पालक ब्यवसायीहरुको गुनासो छ ।

तपाईको प्रतिक्रिया