
पथरी । पथरीशनिश्चरे २ को बक्रा खोला छेउमा बसोबास गर्ने वर्ष ६० की रुपादेवी बरालको २ माँउ बाख्रा पालेकी छिन । गत वर्ष २ वटा खसी बेच्दा ५० हजार साटिन । यसपालीको दशैमा पनि खसी, एउटा १९ हजार बेचिन भने एउटा १७ केजी मासु बेचिन । ५ केजी घरैमा राखिन । अझै ५ वटा खसि घर पालेकी छिन ।
बोयर जातको एउटा बिउको लागी बोका पालेकी छिन । बिहान बेलुका श्रीमानसंग यि बाख्रा र गाईको लागी घास काटेर दिउसो आराम गरेर बस्ने गरेको सुनाइन ।
श्रीमानसंग २ जना मात्रै घरमा बस्ने रमादेवीको बाख्रा लोभलाग्दो देखिन्छ । छोरीहरु घर गरि खादै गरेको सुनाइन । एउटी छोरी घरै छेउमा छिन । उनिको पनि बाख्रा रहर लाग्दो छ । छोरा बैदेशिक रोजगारीको लागी मलेसियामा छन ।
केही ऋण परेको थियो तिर्यो । छोराले पनि कमाइ ठिकै गर्दै गरेको सुनाइन । श्रम गर्न खुबै मन पर्ने रुपादेवी बराल बताउछन । पहिला त २ हल राँगा पालेर महाजनको खेती गरेको स्मरण सुनाइन । महाजनकै खेतीमा बसेको ३० वर्ष भएको पनि सुनाइन । अब महाजनले १० धुर जग्गा दिने कुरा गर्नु भएको छ, त्यसैमा राम्रो घर बनाएर बस्ने इच्छा रहेको सुनाइन ।






