म्यानअफद म्याच हस्तानतरण गदै आयोजक समितिको सदस्य बिरोज मगर र ग्रहण गर्दै खेलाडी पावेल राई ।
बुधवार भएको खेलमा हिसाव किताव र रोयल किङले २/२ अङक जोडयो
पथरी । पथरीशनिश्चरे १ को प्रस्तावित रंगसालामा भइरहेको पथरी प्रिमियर लिग २०७९ अन्र्तरगत बुधवार भएको खेलमा हिसाव किताब ट्राइडेन्स र रोयल किङ बिजयी भएका छ्न । विजयी भएका दुबै टिमले २/२ अङक जोडे । झरिपरेको कारण ६ ओभर घटाएर खेलाइएको खेलमा हिसाब किताबले मंगलबारे लिजेन्ड माथी २ रनको जित निकाल्दा रोयल आइतबारे अस्त्र माथी हाबी भयो ।
मंगलबारेले टस जितेर फिल्डिङ रोजे पछि हिसाब किताबका सुरज खडकाले ब्याक्तिगत ४५ रन सहित ७ बिकेट गुमाएर ५६ रन बनायो । मंगलबारेका योगेश श्रेष्ठले ३ तथा राकेश दाहाल र रोहन गहतराजले २/२ बिकेट लिए ।
६ ओभरमा घटाइएको खेलमा ५७ रनको लक्ष्य मंगलबारेले भेटाउन सकेन । ५४ रनमै ओभर सकिए पछि २ रनको हार ब्योहोर्यो ।
मंगलबारेका लागी नट आउट २८ रन बनाएका रोहन गहतराज बाहेक योगेश श्रेष्ठले १० रन बनाए ।हिसाब किताबका नेल्सन दंगालले २ तथा सुरज खडकाले १ बिकेट लिए ।
दोश्रो खेलमा आइतबारे अस्त्रमाथी रोयलले ९१रनको जित निकाल्यो । रोयलका भुपेन राई र पाबेल राईले अर्धशतक बनाए । भुपेन ७१ र पाबेल ६२ रन बनाएर आउट भए । आइतबारेका आदर्श कार्किले २ तथा संजय मुर्मुले १ बिकेट लिए । जवाफि ब्याटिङ थालेको आइतबारे ५२ रनमा समेटियो । आइतबारेलाई सस्तैमा समेटन बिश्व बस्नेत र पाबेल राईले ३/३ तथा महेश कार्किले २ बिकेट लिए ।
आइतबारेका कुनै खेलाडिले दोहोरो रन बनाउन सकेनन । पुस्कर राईले ९ रन बनाए ।
पाबेल राई म्यान अफदि म्याच घोषित भए । आइतबारेको यो लगातार तेश्रो हार हो भने रोयलको दोश्रो जित हो ।

तपाईको प्रतिक्रिया