पथरी . पथरीशनिश्चरे प्रीमियर लिगको प्लेअफ समिकरण पुरा भएको छ । लिग लिडर हुदै रोयल किङ र लिग दोश्रो हुदै किर्तिपुर सातबाघले क्लालिफायर खेल्ने छ्न भने क्लासिक एलाभेन हसन्दह र हिसाब किताब ट्राइडेन्स ले इलिमेटर खेल्ने छ्न ।
लिग चरणको अन्तिम खेलमा बिरेन्द्रनगर स्टिल टाइगर र बुद्ध युनाइटेड बिजयी भएका छ्न । मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा रोयल किङ माथी ४३ रनले बिजयी हुदै बिरेन्द्रनगर स्टिल टाइगरले सान्तवना जित हासिल गर्‍यो भने बुद्ध युनाइटेडले हिसाब किताब ट्राइडेन्स माथी १ बिकेटको रोमान्चक जित हासिल ग‍र्‍यो ।
पहिलो खेलमा बिरेन्द्रनगरले १९ ओभर ५ बलमा अलआउट हुदै १०९ रन बनायो । रोयल किङ १९ ओभर ४ बल खेल्दै ६६ रनमा प्याकाप भयो ।
रोयल किङका भानु बिकले २० रन बनाउन बाहेक अन्य ब्याटमेनले दोहोरो अंकको रन बनाउन सकेन्न । रोयलका ३ ब्याटमेन शुन्य रनमा आउट भए । बिरेन्द्र नगरका रेवत थक्सुले ४ ओभरमा २ रन दिएर ३ बिकेट लिए । सतिस आचार्यले २ बिकेट लिदा मुरारी खनालका नाममा १ बिकेट रह्यो ।
त्यस अघि टस जितेर ब्याटिङ गरेको बिरेन्द्रनगरका लागी आभाष पाहिमले २७ रन बनाउदा रेवत थक्सुले १५ रन बनाए । रोयलका लागी भुपेन राईले ३ तथा महेश कार्की बिश्व बस्नेत र दिपेश राईका नाममा २र२ बिकेट रह्यो।
खेलको म्यान अफ दि म्याच रेवत थक्सु घोषित भए ।
दोश्रो खेलमा बुद्ध युनाइटेड बिजयी भयो । हिसाबकिताबले दिएको १२९ रनको लक्ष्यलाई१८ ओभर १ बलमा ९ बिकेट गुमाउदै बुद्ध युनाइटेडले पुरा गर्‍यो ।
बुद्ध युनाइटेडका राजेश दाहालले ३३ बिशाल तामाङले २५ राकेश राईले २४ र राजकुमार मगरले अबिजित १९ रन बनाए । हिसाब किताबका सुरज खडकाले ४ बिकेट कैलास श्रेष्ठले २ बिकेट पुरुषोत्तम न्यौपाने ,नेल्सन दंगाल र दिवस राजबंशीले १र१ बिकेट लिए ।
यस अघि ब्याटिङ गरेको हिसाब किताब ट्राइडेन्सका सुवास भण्डारीको ३९ रनको मद्धतले २० ओभरमा ८ बिकेट गुमाएर १२८ रन बनायो ।
हिसाब किताबका लागी कैलाश श्रेष्ठले २६ र संजय पक्राले १९ रन बनाए । बुद्ध युनाइटेडका सुदिप चौधारीले ३ तथा आशुतोष थापाले २ बिकेट लिए राजकुमार मगर र राजु राईले १र१ बिकेट लिए । मगर म्यान अफ दि म्याच घोषित भए ।
अन्तिम खेलमा बिजयी भए पनि कम रन रेटका आधारमा बुद्ध लिग बाट बाहिरियो ।
बुद्ध युनाइटेड ,मंगलबारे लिजेण्ड , आइतबारे अस्त्र र बिरेन्द्रनगर स्टिल टाइगर पथरीशनिश्चरे प्रीमियर लिग बाट बाहिरिएका छ्न ।

तपाईको प्रतिक्रिया