पथरी । पथरीशनिश्चरे १ का वीरबहादुर धिमाल सोमबार पथरीशनिश्चरे २ बुद्धचौकमा बिहान ७ बजेको समयमा गोरु जोतिरहेको भेटिए ।
कङक्रीटले ढाकिएको बजार भित्र घर बनाउन बाँकी रहेको खाली घडेरीमा छिमेकी संधियारले सागशब्जी, लसुन प्याज लगायतका खाध्यन्न उत्पादन गर्छन ।
६३ वर्षका वीरबहादुर धिमाल स्थानिय लक्ष्मी राईको खेतीमा काम गर्छन । राक्ष्मी राईको गोरु जोत्ने हलिको काम गर्ने प्राय वीरबहादुर नै हुन । धिमाल हलो जोत्न माहिर छन । शहरिया विकासे शिक्षाको कारण गोरु जातेर कृषि गर्ने प्रचलन नै हराई सकेको अवस्थामा लक्ष्मी राईले पालेको एक हल गोरु र त्यो गोरु जोत्ने वीरबहादुर धिमाल एक शिक्षा हो भन्ने ज्ञान नयाँ पुस्ताका विद्यार्थीहरुलाई बुझाउन आवश्यक छ । तस्वीर तिम्मा न्यूज

तपाईको प्रतिक्रिया