
पथरी । पथरीशनिश्चरे नगरापलिका वडा नं. ४ मा भागिरथ आई.पी.एम. कृषक पाठशालाको नगर प्रमुख मोहन तुम्बापोले उद्घटान भएको छन ।
नगर प्रमुख तुम्वापोले बुधवार तरकारीको बेर्ना रोपेर कृषक पाठशालाको औपचारिक रुपमा उदघाटन गरेको हो ।
युएनएचसीआर/एल.डब्लु.एफ.को आर्थिक सहयोगमा मानसरोवर कृषि सहकारी संस्थाद्वारा संचालित कृषक पाठशालाको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा एल.डब्लु.एफ.का दिलिप ढकाल, पुष्पा उप्रेती, मानसरोकार संस्थाका विरेन्द्र पोखरेल, पाठशाला अध्यक्ष कमलप्रसाद दाहाल, भागिरथ माविकी प्रधानाध्यापक जानकी चेम्जोङ, कृषि शिक्षिका बबिता भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
तस्वीर सौजन्य सन्तोष राई पथरीशनिश्चरे नगरपालिका संचार बिभाग प्रमुख






