पथरी । आई एम ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शाखा कार्यालय पथरी मातहत क्षेत्रमा बिमितको मृत्यु दाबि भुत्तानी रकम वडा अध्यक्ष नविनजंङग कार्कीले प्रदान गरेका छन ।
पथरीशनिश्चरे वडा न. ८ का बिमित स्वा टंकबहादुर बस्नेतको श्रीमती टिका बस्नेतलाई आई एम ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १० लाख १७ हजार ५ सय रुपैयाँ रकमको चेक वडा अध्यक्ष कार्कीको हातबाट प्रदान भएको हो ।
स्वार्गिय बस्नेतले उत्त कम्पनीमा एक बर्ष अगाडी ५ लाख रुपैयाँको विमा गरेका थिए ।
स्वार्गिय बस्नेतले २०७८ पुष २९ गते विमा गरेको र गतअसोज १३ गते बिमित बस्नेत मोटरसाईकल दुर्घटनामा मृत्यू भएको शाखा कार्यालय पथरीका प्रमुख चन्द्रकुमार राईले बताए । बिमितले पाउनु पर्ने रकम बराबरको चेक हस्तानतरण कार्यक्रममा सोही वडाका पुर्व वडाध्यक्ष बाबुराम दाहालको अध्यक्षतामा कार्यक्रममा आई एम ई लाइफ इन्स्योरेन्स कम्पनी लि. का १ नं. प्रदेश प्रमुख मिलन दाहाल
सहितको स्थानियबासी वडाका जनप्रतिनिधि संचारकर्मीहरुको उपस्थिीति रहेको थियो ।

तपाईको प्रतिक्रिया