
पथरी । पथरीशनिश्चरे नगरपालिका पशुपंक्षी शाखाको अगुवाईमा आइतबारबाट अनुदानका लागी अनुगमन सुरु भएको छ ।
पथरीशनिश्चरे नगर पालिका कार्यालयका प्रमुख प्रशाकय अधिकृत लक्ष्मीप्रसाद खरेल, पथरीशनिश्चरे नगर पालिकाका कृषि विकास शाखाबाट टिका राई पशुपंक्षी शाखा प्रमुख पर्वत शाह, पशुपक्षी शाखाबाट डा. सवल पोख्रेल वडा न. ७ का वडा अध्यक्ष उद्धवराज बस्नेत सहितको टोली अनुगमन सुरु गरेको हो ।
नगरपालिका कार्यालयमा दर्ता भई आन्तरिक राजस्व कार्यालयबाट पान न. लिएर फार्मलाई नविकरण गरि सञ्चालनमा रहेकालाई आवेदन अनुसार अनुदानका लागी वडा न. ७ बाट अनुगमनका काम सुरु गरिएको पशुपक्षी शाखाका पर्वत शाहले बताए ।






