
विजय खम्बु
पथरी । सुङगुर र बंगुरको मासुको मुल्य बढेसंगै किसानमा उत्साह बढेको छ । अहिले बजार भाउ अनुसार प्रति केजी ३ सय ५० रुपैयामा पुगेको छ । पथरीशनिश्चरे नगरको बजार क्षेत्रमा मासु ब्यवासायीहरुले प्रति केजी ५० रुपैयाँ बढेको हो ।
लोकल जातको सुङगुरको मासुको माग बढेकोे हुना अहिलेको अवस्थामा राम्रो रहेको मासु ब्यवसायीहरुले बताउछन ।
मासुको मुल्य करिब ३ वर्ष पछि बढेर ३ सय ५० रुपैयाँ पुगेको र अझै केही हप्ता पछिनै ४ सय पुग्ने अुनमान गरिएको छ । स्थानिय किसानले माउ सुङगुर मासेको हुनाले पाठापाठीको मुल्य समेत बढेको छ ।
लोकल जातको कालो पाठापाठीको मुल्य ३ सय देखी ५ सयमा बिक्री गर्दै गरेको आएको तर गत २ हप्तादेखी २ हजार देखी माथि ४ हजार रुपैयाँसम्मा बजार मुल्य छ ।
केही महिना पश्चात मासुको मुल्य प्रति केजी यस पटक ४ सय ५० देखी ५ सय रुपैयाँसम्मा बढने अनुमान गरिएको छ ।






