पथरी । पथरीशनिश्चरे बजारमा लाग्ने आइतबार र मंगलबारको हटियामा लोकल कालो सुङगुको मुल्य ७० प्रतिशत भन्दा बढीले बृदि भएको छ ।
२ महिना भन्दा अगाडीसम्मा ३ सय रुपैयाँ देखी ५ सय रुपैयाँसम्मा पर्ने पाठापाठीको मुल्य अहिले ३ हजार भन्दा माथी ४ हजार ५ सय रुपैयाँसम्मा बिक्री भई रहेको हो ।
किसानबाट स्थानिय ब्यापारीले पाठापाठीको शारिरिक अवस्था हेरेर २७ सय रुपैयादेखी माथी ३७ सय रुपैयाँसम्मा खरिद गरिरहेको एक ब्यापारीले बताए । केही समय अगाडीसम्मा सुङगुर उत्पादन अत्याधिक रुपमा बढेसंगै बजार नपाएपछि माउ सुङगुर सस्तो मुल्यमा मासिएसंगै अहिले भाउ बढेको ब्यापारीहरु बताउछन ।
पाठापाठीको मुल्य बढेसंगै स्थानिय कृषक हर्षित छ । झण्डै ४ वर्ष अगाडीदेखी घटेको पाठापाठीको बजार मुल्यको हो ।

तपाईको प्रतिक्रिया