
पथरी । प्रहरीले स्रोत नखुलेको ७ लाख २० हजार भारतिय नगद सहित २ जनालाई पक्राउ गरेको छ ।
उनिहरुलाई बिराटनगर–१५ बाट भारत हरियानाका वर्ष ३० का सन्नी गुप्ता र वर्ष ३४ सुरेन्द्र कुमारलाई पक्राउ गरेको हो ।
बुधबार राती ११ बजे इलाका प्रहरी कार्यालय रानी (सिमा) नाकामा खटिएको प्रहरी गस्ति टोलीले पक्राउ गरिएको प्रहरीले जनायो । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।






