
पथरी । नेशनल लाइफ इन्सोरेन्स कम्पनीले बिमितलाई ५० लाख भुत्तानी गरेको छ ।
प्रदेश कार्यालय इटहरीका प्रमुख नरेन्द्र राईले प्रेस नोट जारी गर्दै इटहरी कार्यालयबाट बिमित इटहरी ४ सुनसरी बस्ने वर्ष ४१ का साइमन राईलाई ५० लाख रुपैयाँको चेक प्रदान गरेका हुन ।
२०७६ कात्तिक २९ गते अमृत वर्षा विमा योजना अन्तरगत बिमा गरेका राईले वार्षिक प्रिमियम ६ लाख २९ हजार ६ सय ५० रुपैयाँ दरले ४ किस्ता बुझाएका थिए ।
वैदेशिक रोजगारी लागी दुवईमा कार्यरत रहेका राईलाई २०६९ पौषमा महिनामा घाँटीको क्यानसर प्रमाणित भए पछि कम्पनीमा बिमा रकम दावि गरिएकोले रकम भुत्तानी गरिएको प्रदेश प्रमुख नरेन्द्र राईले बताए ।
बिमित राईको अब बाँकी समयको दुरघटना जोखिम बिमाङक रकम कम्पनीले नै बहन गर्ने प्रदेश प्रमुख राईले जनाए ।
नेशनल लाइफ इन्सोरेन्स कम्पनी देशकै पुरानो बिमा कम्पनी हो ।






