
पथरी । लम्पी स्कीन रोगका कारण पथरीशनिश्चरे नगरपालिकामा २० वटा भन्दा बढी बस्तुको मृत्यु भएको छ ।
पथरीशनिश्चरे नगरपालिका कार्यालय पशुपक्षी शाखाका प्रमुख डा. सवल पोख्रेलका अनुसार २० भन्दा बढी पशुको मृत्यु भएको हो ।
डा. पोख्रेलले जानकारी दिए अनुसार ४ सय भन्दा बढी पशुहरुमा यो रोगको संक्रमण रहेको छ ।
नगरपालिकाको पशुपंक्षी शाखाबाट किसानको गोठमा गएर निशुल्क औषधी वितरण तथा उपचार गरिरहेको डा. पोख्रेलले जनाए ।






