सन १९९० को जून – जुलाई महिना जस्तो लाग्छ , तत्कालीन नेपाल राष्ट्रिय जनमुक्ति मोर्चाका केन्द्रीय महासचिव गोरेबहादुर खपाङ्गीको पत्र लिएर सो पार्टीका केन्द्रीय सदस्य गोपाल राई मलाई भेट्न दार्जीलिङमा आएका थिए । भेटमा मैले उनलाई राई शब्द पदवी हो भने खम्बू शब्द जात हो । त्यसकारण , जातमा राईको साटो खम्बू लेख्नु उचित हुने कुरा बताएको थिएँ । नभन्दै , गोपाल राईले जातमा राई लेख्न छाडे । र , खम्बू लेख्न थाले । अर्थात गोपाल राईबाट गोपाल खम्बू भए ।
अन्तत ः गोपाल खम्बू अरुण नदीपारि खम्बुवान स्वायत्तता माग गर्न सहमत भए । यस सन्दर्भमा ब्लाष्ट टाइम्स दैनिकका प्रधान सम्पादक राजकुमार कार्की र मैले २१ अगष्ट , १९९२ को खम्बुवान राष्ट्रिय मोर्चाको अपील डाफ्ट गर्यौ । वरिष्ठ पत्रकार हर्ष सुब्बाले सुरुचि साप्ताहिकका लागि गोपाल खम्बूको अन्तर्वार्ता
लिए ।
त्यस लगत्तै , गोपाल खम्बूले खम्बुवान राष्ट्रिय मोर्चा स्थापना गरे । परन्तु , उनले कृतघ्नतापूर्वक लिम्बुवानका भुमिपुत्र याम्फू , लोहोरुङ , मेवाहाङ , याक्खा ( देवान ) र आठपहरिया पनि खम्बू हुनु भन्दै तिनले बसोबास गरेका भू – भाग पनि खम्बुवान हो भनी खिचोला झिके । जब नेपाल कम्युनिष्ट पार्टी ( माओवादी ) को जनयुद्ध चरमोत्कर्षमा पुग्यो तब गोपाल खम्बूले जातमा खम्बू लेख्न छाडे । र , किराती लेख्न थाले । अर्थात गोपाल खम्बूबाट गोपाल किराती भए । र , नेपाल कम्युनिष्ट पार्टी ( माओवादी ) को भ्रातृ सङ्गठन किरात राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष बने । सन २००९ मा गोपाल किराती संस्कृति तथा राज्य पुनर्संरचना मन्त्री भए । यद्यपि , अर्का नेता आर ० के ० खम्बूले खम्बुवान राष्ट्रिय मोर्चा विघटन हुनबाट जोगाए । उनी सन २०१३ को संविधानसभा निर्वाचनमा खम्बुवान राष्ट्रिय मोर्चाको तर्फबाट सांसद निर्वाचित भए ।
यसै बीच , अरुण नदीपारिबाट खम्बुवान राष्ट्रिय मोर्चाले खम्बुवान स्वायत्तताको आवाज बुलन्द गरेको समाचार आएको छ । । यो समाचार मेरा लागि जति सुखद छ , अरुका लगि सायदै होला । किन भने , सबै भन्दा पहिले मेरै जोडबलमा गोपाल खम्बूले खम्बुवान स्वायत्तताको आवाज उठाएका थिए ।
तस्बिरमा खम्बुवान राष्ट्रिय मोर्चाले मलाई अभिनन्दनपत्र प्रदान गर्दै ।