
पथरी । पथरीशनिश्चरेको महेन्द्र राजमार्ग अन्तरगतको पूर्ब र पश्चिम बस स्टेण्डमा निगुरो बेचेर जिविका चलाउने महिलाहरुको २० जना भन्दा बढी छन ।
राजमार्ग उत्तरपटि रहेका सामुदायिक वन समुहहरुबाट स्थानियले निगुरो टिपेर राजमार्गमा हिडने सवारीका यात्रुहरुलाई एक जनाले दैनिक १२ सय रुपैयाँ बराबरको निगुरो बेचेर जिविका चलाउदै आएका हुन ।
परिश्रम गरे पैसा नै पैसा हुन्छ भन्ने उखान जस्तै छिमेकी महिलाहरु बिहानै उठेर जंगलबाट निगुरो टिपेर ल्याई यात्रुहरुलाई बेच्दा परिवार मजाली चलाउने सहिने उनिहरुले बताए ।
एउटा निगुरोको मुठालाई ५० रुपैयाँमा बेचिरहेको उनिहरुले बताए । वन क्षेत्रमा उम्रिने निगुरो अग्र्यानिक भएको हुनाले पनि उपभोत्ताको पहिलो रोजाइमा पर्ने गरेको छ ।






