
पथरी । हरियाली सामुदायिक वन लिमिटेडको प्रथम साधरण सभा सम्पन्न भएको छ । आज विहिबार हरियाली सामुदायिक बन लिमिटेडको सभाहल पथरीशनिश्चरे २ मोरङमा प्रथम साधरण सभा सम्पन्न भएको हो ।
कम्पनीका अध्यक्ष अशोक साम्पाङले आ. व. २०७७/०७८ र ०७९ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रगती प्रतिवेदन बाचन गरिए अनुसार आ. व. २०७७/०७८ र ०७९ को ३ लाख १ हजार ३ सय ७० रूपैयाँ प्रसासनिक खर्च, आय–व्यय अन्तर्गत क्रमश बैंक ब्याज आम्दानी २ लाख ६७ हजार ८ सय ८८ रूपैयाँ, प्रसासनिक खर्च ४ लाख ६० हजार ८ सय ४३ रूपैयाँ रहेको जनाए । कार्यक्रममा प्रमुख अतिथि पथरीशनिश्चरे २ का वडाध्यक्ष नैना राई, बिशिष्ट अतिथि हरियाली सामुदायिक वनका अध्यक्ष काबुलबहादुर मगर ९विकास०, कम्पनीका संस्थापक अध्यक्ष देवीप्रसाद भेटवाल, अतिथिहरू वनका उपाध्यक्ष केशवप्रसाद दाहाल, वनका सचिव निर्मला चौहान, वनका सह–सचिव सुमित्रा थाम्देन, वनका कोषाध्यक्ष दिलबहादुर तामाङ, नगर शिक्षा समिति सदस्य भद्रमान विश्वकर्मा, पथरीशनिश्चरे न. पा. २ का पूर्व वडा सदस्य अग्नि गुरुङ, ७ नम्बर वडाका पूर्व सदस्य काशीहाङ राईले अतिथि रहेका थिए ।
गणेशकुमार राईले संचालन गरेको कार्यक्रम कम्पनीका अध्यक्ष अशोककुमार राई रहेका थिए ।







