
पथरी । पथरीशनिश्चरे १ रत्नचौक मोरङका युवा ब्यवसायी रोशन श्रेष्ठ आर्थिक वर्ष २०७९/८० मा ७ लाख भन्दा बढी कर तिरेका छन ।
कोकाकोला कम्पनीको पथरी डिलरसिप सम्हाली रहेका श्रेष्ठले गत आर्थिक वर्षमा यतिका कर तिरेका हुन ।
रोशनले २१ वर्षको उमेरबाट नै कोकाकोलाको डिलरसिप ब्यापार सुरु गरेका थिए । ब्यापार सुरु गर्दा नपत्याएर बैंकले ऋण दिएन । ब्यापार सुरु गर्दाका वर्षहरु संर्घषमय ढंगले बिताएका अनुभव रोशनसंग ताजा नै छ । अहिले लाखौं रुपैयाँ कर तिर्न सक्षम भएका छन । यो युवा पिंढीको लागी नेपालमा नै केही गर्न सकिन्छ भन्ने उदाहरण हो । रोशन ब्यापारिक यात्रा काका/काकी, दाजु/दिदीहरुको मुख्य सहयोगबाट मात्रै सम्भव बताउँछन ।
त्यसबेला उर्लाबारी नगरपालिकामा स्थापित सुदर्शन वचत तथा ऋण सहकारी संस्थाले बिना धितो १० लाख रुपैयाँ कहिल्यै भुल्दैनन् । ऋण हो, मैले तिरे तर त्यसबेला मुफत दिएको जस्तो अनुभव भएको छ, श्रेष्ठले भने ।
रोशनले हाल १५ जना युवाहरुलाई रोजगारी दिन सफल भएका छन । रोशन आफै पनि मजदुरहरुसंग कोकाकोला क्रेटहरु उठाई रहेको भेटिन्छन । पथरीशनिश्चरे, जाँते, लेटाङ, कानेपोखरीको बिहीबारे क्षेत्र, हसन्दह र उर्लाबारीको नयाँ मंगलबारे बजार क्षेत्रको लागी कोकाकोला कम्पनीको डिलरसिप हुन ।
रोशनका हजुरबाहरु भोजपुर दाँवाका हुन । दाँवाबाट बसाँईसरी संखुवासभा गएका उनको पुख्र्यौली इतिहास रहेको बताउँछन । आफनो पुख्र्यौली माटोको सम्झानामा रोशनले दामली स्टोर राखेरको हुनाले ब्यापार फापेको पनि छ ।
२०४८ सालमा संखुवासभामा जन्मेका हुन । पछि ५१ सालमा किर्तिपुर भातेगौंडामा आमा काकाहरुले ३ वर्षको केटोलाई च्यापेर अजि/अजा (हजुरबा हजुरआमा) ले ल्याएका थिए ।
अहिले पथरीशनिश्चरे नगरकै अगुवा ब्यापारीहरुको हाराहारीमा ब्यापार गर्न सफल छन । भन्छन युवाहरुले राम्रोसंग ध्यान दिएर काम गरे सफल हुने अनुभव रहेको बताउछन ।
यो ब्यापारको लागी कोकाकोला कम्पनीका आरएसएम अरुणकुमार दत्त तथा एएसएम सिताराम पण्डीतको सहयोगलाई स्मरण गर्न चाहान्छन ।






