
पथरी । पथरीशनिश्चरे नगर क्षेत्रमा किसानले पालेको घरपालुवा जनावरलाई लम्पीस्कीन बिरुद्धको निशुल्क खोप कार्यक्रम संचालनमा ल्याइने भएको छ ।
आउने बुधबारबाट करिब १० हजार पशुचौपायलाई निशुल्क खोप कार्यक्रम संचालनमा ल्याउन तयारी भएको हो ।
पथरीशनिश्चरे नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाले यो अभियान संचालन गर्नेछ ।
प्राइभेट पाराभेट प्राविधिकहरुसँग समन्वयमा भ्याक्सिनेट नियुक्ति गरेर लम्पी स्किन रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने कार्यक्र तय भएको डा. सवल पोख्रेलले जानकारी दिए ।

कृत्रिम गर्भधान कार्यक्रम थप सशक्त बनाउन उच्च गुणस्तरको सिमेन ल्याउन पहल गर्ने निर्णय गरिएको भेटनरी डा.पोख्रेलले बताए । नगरपालिकाले १० देखी १५ लाख रुपैयाँ अनुमानित लागतमा यो कार्यक्रम संचालन गरिने छ ।






