
पथरी । पथरीशनिश्चरे नगरपालिका कार्यालयले नगर क्षेत्रको घर पालुवा पशुचौपाय लम्पी स्कीन रोग बिरुद्धको भ्याक्सीन भदौ २५ गतेबाट लगाउन सुरु गर्ने भएको छ ।
महामारीको रुपमा फैलिएको लम्पी स्कीनले सयौं घरपालुवा पशुचौपाय प्रभावित भए पछि नगर पालिकाले निशुल्क भ्याक्सीन लगाउने तयारी गरेको हो ।
नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत शशी राईले एक सुचना जारी गर्दै भदौ २५ गतेबाट पथरीशनिश्चरे नगरपालिका वडा न. २ बाट सुरु गर्ने जनाएइको छ ।







